जेष्ठ २२ -काठमाण्डौ
स्थापनाको छोटो समयमा आम दर्शक स्रोताको मन जित्दै आएको प्रियसी म्युजिक पालीले कम्पनीको तेस्रो बर्षको आगमनको अबसरमा प्रियसी डान्स सेन्टर को थालनी गरेको छ ।भक्तपुरको गठ्ठाघर स्थित रहेको एक भवनमा कम्पनि संचालक राजेन्द्र पुरी र बबिता पुरी द्वारा कम्पनीको उट्घाटन भएको छ । केको लागि डान्स सेन्टर थालनी गर्नु भयो भन्ने प्रश्नमा राजेन्द्र पुरी भन्नु हुन्छ “नया कलाकारहरु जो आफ्नो प्रतिभा लुकाएर बस्नु भएको छ उहाहरुको प्रस्तुतिलाई हामीले स्थान दिने अवसर प्रदान गर्दै छौ जसको लागि सबै भन्दा महत्वपूर्ण बिषय डान्सनै देखिन्छ सोहि कारण पनि हामीले डान्स सेन्टर खोलेका हौ र सिक्ने साथीहरुलाई कम्पनिबाट आउने गीतहरुमा अवसर पनि दिने छौ”।सांगीतिक क्षेत्रको सम्पूर्ण सेवा एकै ठाउमा रहेको बताउदै संचालिका बबिता भन्नु हुन्छ “धेरै कलाकारहरु ठगीएको घटना ताजा रहदा हामी नव सर्जक तथा कलाकारहरु नठगिउन भन्ने हेतुले यो कम्पनि संगै डान्स सेन्टर खोलेका हौ लाग्छ धेरै कलाकारहरुको साथ् हामीलाई हुने छ”।जे होस् राम्रो कामको सबैले सम्मान गर्नु जरुरि छ डान्स सेन्टरलाइ हार्दिक शुभकामना व्यक्त गर्दछौ ।