काठमाडौ, २२ जेठ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान अवस्थामा सरकार परिवर्तनको खेलभन्दा पनि देशका लागि सबै शक्ति एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।
माओवादी केन्द्रले आज रामेछापको मन्थलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय एकता बिना संविधानको कार्यान्वयन र कानुन निर्माण लगायतका कार्य चुनौतीपूर्ण रहेको बताउनु भयो ।
अबको २० महिनामा संविधानको कार्यान्वयन गर्दै नयाँ निर्वाचन गराउन नसके देश गम्भिर अन्धकार तर्फ धकेलिने दाहालको भनाई छ । एकता र सहमतिले मात्र नयाँ संविधान बमोजिम धेरै काम गर्न सकिनेमा उहाले जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भर्खरै मात्र १० वटा कम्प्युनिष्ट घटक एक भएर माओवादी केन्द्र बनेको उल्लेख गर्दै एकता प्रकृया नटुंगिएको बताउनु भयो ।
उहाँले देशका सबै कम्प्युनिष्ट मात्र नभएर वर्तमान चुनौतिको सामना गरी मुलुकलाई अग्रदिशामा लैजान सबै शक्तिको एकता आवश्यकता रहेको धारणा राऋनु भयो ।