संसद बैठक आजपनि बस्दै, शिक्षा सम्बन्धी विधेयक पारित गराउने तयारी

संसद बैठक आजपनि बस्दै, शिक्षा सम्बन्धी विधेयक पारित गराउने तयारी

  • शनिबार, जेष्ठ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ, २२ जेठ ।
व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । अपरान्न ३ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा केही महत्वपूर्ण विधेयकमाथि छलफल गर्ने कार्यसुची छ ।

आजको बैठकमा यसअघि नै संसदमा पेश भएको शिक्षा सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गराउने तयारी भएको संसद सचिवालयका सहयक प्रवक्त सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।

यस्तै आजको बैठकमा संसदीय सुनुवाई नियमावली मस्यौदाको विधेयकमाथि छलफल गर्ने सम्भवना समेत रहेको जनाएको छ ।

यद्यपी नियमावली सुनुनवाई संख्यमा दलहरुबीच कुरा मिल्न बाँकी रहेकाले आजको बैठकमा नियमावली मस्यौदा माथि छलफल हुने या नहुने भन्नेमा टुङ्गो लाग्न भने बाँकी रहेको प्रवक्त कुँइकेलले बताउनु भयो ।

यस विषयमा टुङ्गो लगाउन संसद बैठकअघि सचिवालयको बैठक बसी टुङ्गोमा पुगिने जनाएको छ । यसअघि हिजोको बैठकमा बजेटका विषयमा सांसदहरुले उठाएका प्रशनको अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ