काठमाण्डौ ।
जनयुद्धको एक कुशल योद्धा राम बहादुर तामाङ ( क. सचेत) । 12 बुंदे शान्ति सम्झौता संगै चितवानको शक्तिखोरमा लामो समय शिविरमा जिन्दगी बिताएर सरकारी नियमको पालन गर्दै सरकारले अवकास लिएर घर फर्किए फर्केका एक योद्धा हुन। संसार परिवर्तन गर्छु भनेर सानै उमेरमा बन्दुक उठाएका सचेत गाउँ गएर बस्ने वातावरण भनेन। समाजमा हिजोका सामान्तिको अवशेसहरु जन बलियो भएको देखिए।
सबैले भन्न थाले हिजो के के न गर्छु भनेर माओवादीमा लागेको थियो फेरी गाउँमा हलो जोत्न आएछ भनेर। समाजले गरेको व्यबहार संग जुत्न व्यर्थ ठानेर आपनो ४ वर्षको छोरी र 1 वर्षको छोरा अनि जिवन संगिनी संगै काठमाडौंमा जसोतसो गरेर भए नि जिवन गुजारा गर्छु भनेर काठमाडौं आए। पाखुरा बजारेर भए पनि आफ्नो परिवार पाल्छु भनेर हिडेक सचेत अन्तता काठमाडौंको भिडमा टिक्न हाम्मेहाम्मे भयो। मासानघाट जस्तो काठमाडौं शहर त्योही शहरको भुत जस्तो स्वार्थी मान्छेहरु अनि अस्थिर राजनीति देखेर काम गरेर खाने वातावरण पनि भनेन। कहिले बन्द कहिले हडताल कहिले तोडफोड देखेर वाक्क भयो। एक मनले सम्झे जनयुद्धकाल मै किन म सहिद भएन भनेर।
अन्तता विदेश जाने निर्णय गर्यो। अवकास भएर पाएको रकम मेनपावरलाई बुझाए फेरि मिठो सपना देखेर मलेसिया उढ्यो। काठमाडौं शहर भन्दा भिन्न शहर। पहिलो गाँस मै पत्थर भने जस्तै जुन काममा भनेर गयो त्यो भन्दा ठिक अर्कै काम रहेछ, जति तलबमा भनेर आएको थियो त्यसको ५०% तलब पनि दिएन। भाग्यले ठगेको मान्छेलाई जहाँ पुगे ठग्दो रहेछ। दिनरात पसिना बेच्द नि आफ्नो मेहनतको फल पाएन। न त घर जाना दिन्छु न त तलब। त्यसपछि सचेत कम्पनीबाट भागेर नेपाल MBC को शरणमा पुग्छ। त्यहाँ पनि विना पैसा केही नगर्ने मान्छेहरु भेटियो। MBC लाई पैसा ख्वाएर भए नि नेपाल पर्कियो।। प्लेनमा सोच्दै थियो भरु सिस्नु र पानी खाएर बस्छु यो विदेश जाँदिन।
अब सुरक्षित आफ्नो देशमा त फर्किन पायो भन्दै खुशि थिए। जब आफ्नो मातृभूमि नेपालमा पाइला टेक्छ खुसीले गदगद हुन्छ। मनमनै सोचे योही सुरकेस भरि पैसा बोकेर आएको भए कति खुसि हुनथ्यो मेरो परिवार। फेरी परिवार भित्रको गरिबी सम्झिन्छ। ति खुसिहरि एकै क्षिनमा हराएर जान्छ।। काठमाडौंको शहरबाट अलि टाढा लगनखेल हत्तिबन भन्ने ठाउमा सानो डेरा थियो। जब कोठा पुग्छा सानो छोरा र छोरी खुसीले काखमा बस्न आइपुग्छन। अनि छोरी सोद्छन बाबा मलाई के ल्याउनु भयो विदेशबाट। छोरीको जुवाफ दिने सचेत संग कुनै हिम्मत थिएन। भाग्यले ठगेको मान्छे जिन्दगीले जताजता डोर्याउदै लग्यो त्यतै ठगिने। आखा भरि आसु पार्दै जिवन संगिनिको अनुहार पुलुक्क हेर्छन।
जिवन संगिनीले चिन्त नगर्नु भनेर संकेत गर्छन। छोराछोरीले लकेज खोताल्न थाल्छन। त्यहाँ सचेतको पुरानो थोत्रो कपडाहरु बाहेक अरु केही नभेटे पछि छोरी रुन थाल्छन। नानी बाबाको खाने कुराको ब्याक प्लेनमा छुटेछन भन्दै जिवन संगिनीले छोरीलाई सन्तोना दिन्छिन।। केही दिन पछि आफ्नो जिवनसंगिनीको सल्लाह अनुसार रिन गरेर भए पनि सानो होटल खोल्ने निर्णय गर्छन। सचेतले जसोतसो साथीभाईहरु संग सरसापट गरेर ललितपुर जिल्लाको हात्तीवन बाट भित्र पट्टी सानो होटल खोल्छन। सचेतको मेहनत र लगनशीलताले होटल आज भन्दा भोली भन्दा एकदमै चल्न थाल्छन। त्यो होटलले छोरी र छोरालाई राम्रौ स्कुलमा हाल्न सक्ने भएका थिए। तर आजभोली नेपाल पुलिसको जवानहरुले दुखा दिना थालेका छन।
जब पुर्व जनमुक्ति सेनाले यसरि आफ्नै परिश्रमले पखुरा बाजारेर आफ्नो परिवार पाल्दै गर्द। बेलुका ७ बजेबाट नै होटल बन्द गर नत्र उडाइ दिने धम्कि दिन थालेको छ। प्रहरी जवानहरु आएर आफ्नो जिवन संगिनी र छोराछोरीको अगाडि तथानाम गाली गर्ने प्रहरीको दिनचर्या भएका छन।
सचेतको होटलको अगाडि पट्टीको डान्सबारहरु राति ११,१२ बजे सम्म चलाउदा नि प्रहरीलाई वास्त छैन। तर सचेतको गल्लि भित्रको सानो होटललाई नै तार्गेट गर्नुको कारण के हो? के पहिलाको युद्धकालको बदला लिना खोज्दै हो प्रहरी? प्रहरी कै कारण सचेतले होटलको भाडा समेत तिर्न नसक्ने अवस्थमा भएको छन।
गृहमन्त्री हिजोको आफ्नै कमान्डर छन तर उहाँहरुलाई कुनै वास्त छैन। हिजो सचेतले जनताको लागि विद्रोह गरेका थिए के अब आफ्नो लागि नि विद्रोह नै गर्नु पर्ने हो? सचेत जस्तो हजारौं पुर्वजनमुक्ति सेनाहरुले यस्तै अपमान जेलिरहेका छन। कोही स्वदेशमै लुटिरहेका छन त कोही मरुभूमिमा।। यता तिरा चाँढै सम्बन्धित निकायको ध्यान जाउन। लेखक: अनिस तामाङ पीडितको भाइ हुन् ।