एमाले दुई बर्षपछि ३१ वटा विभागलाई पूर्णता दियो

एमाले दुई बर्षपछि ३१ वटा विभागलाई पूर्णता दियो

  • शुक्रबार, जेष्ठ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं ,२१ जेठ ।
एमालेले नवौं महाधिवेशन भएको झण्डै २ वर्षपछि आफ्ना ३१ वटा विभागलाई पूर्णता दिएको छ । महासचिव इश्वर पोखरेल संयोजकत्वमा सचिवद्धय गोकर्ण विष्ट र पृथ्वी सुब्बा गुरुङ सदस्य रहेको कार्यदलले पार्टीका ३१ वटा विभागलाई पूर्णता दिएको हो ।

पार्टी कार्यालय धुम्बाराहीमा आज पत्रकार सम्मेलन गरी एमालेले सबै विभागलाई पुर्णता दिएको जानकारी दिएको हो ।
पार्टी स्कुल बिभागको प्रमुखमा अध्यक्ष केपी ओली चुनिनुभएको छ भने वैदेशिक मामिला विभाग प्रमुखमा माधव कुमार नेपाल, संगठन विभाग प्रमुखमा पृथ्वी सुब्बा गुरुङ, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाललाइ राखिएको छ ।

यस्तै संसदीय विभागको जिम्मेवारी सुवासचन्द्र नेम्वाङलाई, युवा तथा खेलकुद विभागको जिम्मवारी कर्ण बहादुर थापालाई, श्रम तथा रोजगार विभागको जिम्मेवारी प्रकाश ज्वालालाई दिइएको एमालेले जनाएको छ । न्याय तथा कानुन विभाग प्रमुखमा रघुजी पन्त र निर्वाचन विभाग प्रमुखमा राजेन्द्र प्रसाद पाण्डे हुनुहुन्छ ।

आन्तरिक विवादका कारण लामो समयसम्म एमालेमा बिभाग बन्न सकेका थिएनन । यसैबिच पत्रकार सम्मेलनमा महासचिव इश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका नेतास‘ग भएको भनिएको भद्र सहमतिबारे आफुलाई जानकारी नभएकबो बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ