काठमाडौं, २१ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको विषयमा कुनै सम्झौता नभएको दोर्होयाउनुभएको छ ।
सार्वजनिक संस्थान कर्मचारी संगठनको नवौं महाधिवेशनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको विषयमा कुनै सहमति नभएको भन्दै त्यस्तो सहमति भएको कागज कसैसँग भए देखाउन चुनौती दिनुभयो ।
ओलीले आफ्नो सरकार ढाल्ने प्रयास भइरहे पनि त्यो असम्भव रहेकाले यस तर्फ नलाग्न आग्रह गर्दै संबिधान कार्यान्वयन तथा देश विकासमा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।
आफ्नै पार्टीका नेताहरु झलनाथ खनाल र माधव नेपालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ,‘सरकारको लोकप्रियताका कारण आफ्नै पार्टीभित्रका सहकर्मीले त कुरा बुझ्न छाडिसके प्रतिपक्षीले कसरी बुझ्छन् र समर्थन गर्छन् ।
कर्मचारी ट्रेड युनियनको निर्वाचनमा एमाले समर्थित ट्रेड युनियनले अत्याधिक बहुमत ल्याएको भन्दै अबको निर्वाचनहरुमा एमालेको मत त्योभन्दा बढी आउने दाबी गर्नुभयो ।