केडिया अपहरण घटनामा हवल्दारसहित चार प्रहरी निलम्बित

केडिया अपहरण घटनामा हवल्दारसहित चार प्रहरी निलम्बित

  • शुक्रबार, जेष्ठ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं , जेठ २१
वीरगन्जका उद्योगपति सुरेश केडियाको अपहरण घटनामा बारा कवही गोठ प्रहरी चौकीका हवल्दारसहित चार जना प्रहरीलाई निलम्बित गरेको छ ।

निलम्बित हुनेमा प्रहरी हवल्दार तेजबहादुर ढकाल, प्रहरी जवानत्रय प्रमोदकुमार यादव, वुनिल महतो र सुरेन्द्रप्रसाद साह छन् ।

सशस्त्र प्रहरी कार्यविभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णकुमार तामाङ, नेपाल प्रहरी कार्यविभागका प्रमुख अतिरिक्त महानिरीक्षक केदार साउदको टोलीले अपहरणको घटनाबारे अनुसन्धान गरी प्रतिवेदन बुझाएको थियो ।

सोही प्रतिवेदनको आधारमा उनीहरुलाई मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले निलम्बित गरेको हो ।

केडियालाई अपहरण गरी लैजाने क्रममा अपहरणकारीले प्रयोग गरेको जिपलाई कवही गोठ प्रहरीले हातको इसाराले रोक्न खोज्दा सजिलोसँग उम्कन सफल भएको घटनाबारे अनुसन्धानका लागि निलम्बित गरिएको हो ।

यस अगाडि तेलकुवा सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक हेमराज न्यौपाने, कवही गोठ बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्रशम्शेर कुँवर, सशस्त्र प्रहरी हबल्दार र सशस्त्र प्रहरी जवान समेतलाई निलम्बित गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ