काठमाडौं, २१ जेठ ।
आ.व. २०७३/०७४को राजश्व व्ययको वार्षिक अनुमान बजेट माथिको सैद्धान्तिक छलफल आज सकिएको छ । जेठ १८ गतेबाट सुरु भएको छलफल ४ दिनसम्म चलेको थियो ।
बजेटको सैद्धान्तिक छलफलमा भाग लिदै विभिन्न राजनीतिक दलका १६४ जना सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए । प्रतिपक्षी दल काग्रेसको अबरोधका कारण एकदिन ढिला गरी छलफल सुरु भएको थियो ।
छलफलको क्रममा सत्ता नेतृत्वकर्ता दल नेकपा(एमाले)का सांसदहरुले बजेट निकै राम्रो भएको भन्दै बजेटको पूर्ण समर्थन गरेका छन् भने सत्ता साझेदार दल नेकपा(माओवदी केन्द्र), राप्रपा नेपाल लगायतका दलका सांसहरुले आलोचनात्मक समर्थन जनाएका छन् ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बजेट आर्थिक अनुशासन नै तोडेल ल्याइएको, असन्तुलित र महत्वकांक्षी भन्दै बजेटको कटु आलोचना गरेका छन् भने अन्य दलका सांसदहरुले मिश्रीत प्रतिक्रिया व्यक्त गरेका थिए ।
नयाँ संविधानमा व्यवस्था भएअनुरुप अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले गत शनिवार संसदमा प्रस्ततु गर्नुभएको थियो ।
बजेट माथिको सामान्य छलफल सकिएकाले सभामुख ओनसरी घर्तीमगरले बैठक आजै अपरान्ह ३ बजे बस्ने गरि स्थगित गर्नुभएको छ ।
अर्थमनत्री पोडेलले आजै संसदको बैठकमा बजेट माथिको छलफलका क्रममा विभिन्न राजनीतिक दलका सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुहुने छ ।