एनसेलले लाभकर नतिरे व्यवसाय विस्तार गर्न नदिन निर्देशन

एनसेलले लाभकर नतिरे व्यवसाय विस्तार गर्न नदिन निर्देशन

  • शुक्रबार, जेष्ठ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ २१ जेठ ।
संसदको अर्थ व्यवस्था समितिले पुजिगत लाभकर नतिरेको निजी दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई कर नतिरेसम्म पुँजी बृद्धि तथा व्यवसाय विस्तार गर्न नदिन निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले एनसेलको सबै कर असुल नगरिकन पुँजी बृद्धि गर्न तथा व्यवसाय विस्तारका कुनै पनि कार्य गर्न नदिन उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा एनसेलका प्रबन्ध निर्देशक सिमोन पार्किसलाई समेत बोलाएर कारोबारबारे सोधपुछ गरेका थिए ।यस्तै एनसेलको पुरानो कारोबारमा कर नतिराउनका लागि पहल गर्ने कर्मचारीमाथि छानविन गरी कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ ।

बैठकमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा, राजश्व सचिव राजन खनाल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, सञ्चार सचिव दिनेश थपलिया लगायतलाई बोलाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी