बजेटमाथिको छलफल आज सकिदै

बजेटमाथिको छलफल आज सकिदै

  • शुक्रबार, जेष्ठ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २१ जेठ ।
व्यवस्थापिका संसदमा जारी आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल आज सकिदैछ ।

आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यसअघि बजेटमाथि बोल्न नाम टिपाएका सांसदहरुले बोल्ने क्रम जारी रहने संसद सचिवालयका सहयक प्रवक्त सुदर्शन कुँइकेलले जानकारी दिनुभयो । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

कार्यसुची अुनसार हिजो नै छलफल सक्काउने तयारी भएपनि बजेटमाथि बोल्न नाम टिपाएका सांसदहरु बाँकी रहेकाले आज पनि धारणा राख्ने क्रम जारी रहने जनाइएको छ ।

छलफलका क्रममा विपक्षी दलका सांसदले बजेट लोकप्रियताका लागि मात्र ल्याइएको भन्दै आलोचना गरेका छन् भने सत्तारुढ दलका सांसदहरुले बजेट राम्रो भएकाले कार्यन्वयनमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ