काठमाण्डौ , २० जेठ ।
सरकारले सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरीषदको आज बिहान बसेको बैठकले स्वास्थ्य मन्त्रालय अन्र्तगतको सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा लोहनीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
खुल्ला प्रतिस्पर्धाबाट अर्को व्यक्ति नियुक्त नभएसम्मका लागि डा. लोहनीलाई नियुक्त गरिएको संचारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।
यस्तै बैठकले नेपाली सेनाका केही अधिकृतहरुको पदावधि थप समेत गरेको छ ।
आजको मन्त्रिपरीषदको बैठकमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरु भने उपस्थित भएनन् । माओवादीको पोलिट्ब्युरो बैठकका कारणा उपस्थीत हुन नसकेको बताईएके छ ।
माओवादीका ८ मन्त्री मध्ये सिंचाइमन्त्री उमेश यादव मात्र बैठकमा सहभागी हुनुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline