काठमाडौं ,जेठ २०
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकरले प्रस्तुत गरेको बजेट विदेशी सहयोग र अनुदानमा निर्भर रहेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले उहाँले बजेट नेपाल र नेपालीको आत्मनिर्भरतामा नभई विदेशीको सहयोगमा निर्भर रहेकाले यसको कार्यान्वयनमा जटिलताका साथै परनिर्भरमुखी रहेको बताउनुभयो ।
आज आफ्नै निवास भक्तपुरको कमल बिनायकमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले प्रधानमन्त्री ओलीको नेतृत्वकै सरकारमा नेपाली कांग्रेस र मधेसवादी दल समेत सहभागी भएर सरकारलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
यसै अवसरमा उहाँले अहिले सरकार बदल्ने क’रा उपय’क्त नभएको बताउन’ भयो । उहाले यसले जारी गतिरोध बढ्ने र देशलाई झनै अप्ठ्यारोमा स्थितिमा धकेल्ने बताउन’ भयो ।
सरकार परिवर्तनको खेलले नागरिकमा राजनीतिप्रति नै वितृष्णा जागेको उद्धत गर्दै उहाँले नागरिकले फेरिएको सरकार भन्दा पनि सरकारको काम चाहेको बताउन’ भयो । वर्तमान सरकार ढले फेरि प्रधानमन्त्री पदका लागि खिचातानी सुरु हुने बताउँदै उहाले यसले विदेशी चलखेल बढ्ने बताउनुभयो ।
नागरिकले सरकार फेरिएको भन्दा पनि सरकारले काम गरेको हेर्न चाहेको बताउँदै उहाँले सबै दल मिलेर पुननिर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।