सरकारले यो वर्ष ३५ जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम गर्दै

सरकारले यो वर्ष ३५ जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम गर्दै

  • बिहिबार, जेष्ठ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, जेठ २०

आगामी महिनादेखि सरकारले यो वर्ष ३५ जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम बिस्तार गर्ने भएको छ । ७५ वटै जिल्लामा कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाईको सीप सुधार गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

सन् २०१४ मा सुरु भएको यो कार्यक्रमको पहिलो चरणमा १६ वटा र दोस्रो चरणमा २४ वटा जिल्लामा कार्यक्रम सञ्चालन भैसकेको छ । यो तेस्रो चरण अन्तर्गतको कार्यक्रम हो । पाँच वर्षका लागि कार्यान्वयन भएको यो कार्यक्रम सन् २०१९ मा सकिने छ ।

आगामी एक वर्षमा १५ हजार एक सय १४ विद्यालयका कक्षा १ र २ मा पढ्दै गरेका १० लाख बालबालिका यो कार्यक्रममा समावेश हुनेछन् ।

कार्यक्रम अन्तर्गत शिक्षकलाई तालिम दिने, विद्यालयलाई थप पाठयपुस्तक र सन्दर्भ सामग्री वितरण गरिने, बालबालिकालाई पठन सीपको विकास गरी शैक्षिक गुणस्तर बढाउने लगायत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी