बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिदै

बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिदै

  • बिहिबार, जेष्ठ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ ,२० जेठ ।

ब्यावस्थापिका संसद बैठकमा आज पनि बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहनेछ ।

बिहान ११ बजे बस्ने बैठकमा बोल्न नाम टिपाएका सांसदहरुले आगामी आर्थिक बर्षको राजस्व तथा ब्ययमाथि धारणा राख्नेछन् ।
संसद सचिवालयले बजेटमाथिको छलफल टुङग्याउने तयारी गरेको छ । संसद बैठक बस्नु अघि कार्यब्यावस्था परामर्श समितिले सो बिषयमा छलफल गरि टुङग्याउने तयारी भएको संसदका सह प्रवत्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।

सचिवालयले आज सम्म छलफलका लागी समय निर्धारण गरेको भएपनि प्रतिपक्षी काग्रेसको अबरोधका कारण एक दिन पछि मात्रै छलफल सुरु भएको थियो । दलहरुबीच पनि पहिलोदिनको छलफल प्रभावित भएकाले समय लम्ब्याउने बिषयमा परामर्श भईरहेको बताईएको छ ।

बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले धारणा राखिसकेपछि उठेका प्रश्नको भोली अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिनु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ