भारत लैजान लागिएका ९ बालकको रुपन्देहीबाट उद्धार

भारत लैजान लागिएका ९ बालकको रुपन्देहीबाट उद्धार

  • बिहिबार, जेष्ठ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

रुपन्देही, २० जेठ ।
भारत लैजादै गरेको अबस्थामा रुपन्देहीको भैरहवाबाट ९ जना बालकको उद्धार गरिएको छ ।

रोजगारीको प्रलोभन देखाएर सीमा नाका बेलहिया हुँदै भारत तर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भैरहवा बर्सपार्कबाट उनीहरुलाई उद्धार गरेको हो ।

उनीहरुलाई भारत तर्फ लैजान लागेका गोरखाको मनकामना–३ का ३८ वर्षका डलवहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

उद्धार गरिएका सबै बालकको उमेर १६ वर्ष भन्दा कम उमेरका रहेका छन् । उनीहरु मध्ये सात जना चितवन र दुई जना गोरखाका रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बिक लाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ