केन्द्रिय समिति बृद्धि गर्ने माओवादी केन्द्रको औपचारीक निर्णय

केन्द्रिय समिति बृद्धि गर्ने माओवादी केन्द्रको औपचारीक निर्णय

  • बुधबार, जेष्ठ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, १९ जेठ ।

नेकपा माओवादी केन्द्रले संस्थापन पक्षबाट तीन सय थप गरी ९ सय ९९ सदस्यीय केन्द्रिय समिति बनाउने निर्णय गरेको छ ।

अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा आज बिहान बसेको पार्टी हेडक्वाटरको बैठकले यसअघि रिक्त एक सय सहित चार सय सदस्य थप गर्ने निर्णय गरेको पार्टी प्रवत्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

आजको बैठकले केन्द्रिय सदस्यको स«ख्या थप गर्ने निर्णय गरेको र भोली बस्ने पोलिब्युरो बैठकले त्यसलाई अनुमोदन गरी औपचारीक रुपमा नामावली सहित घोषणा गर्ने भुसालले बताउनु भयो ।

आजको बैठकमा पोलिटब्युरो सदस्यहरुको कार्यबिभिानज ता सचिवालय गठन र कार्यबिभिाजनका बिषयमा पनि छलफल भएको उहाले बताउनु भयो ।

नेता वर्षमान पुन नेतृत्वको कार्यदलले पार्टी महाधिवेशन आयोजक समिति जम्बो बनाउनुपर्नाको कारण र परिस्थितिसमेतको व्याख्या गर्दै आयोजक समितिमा समेटिने नेताहरूको नामावली र संगठनात्मक प्रस्ताव तयार पारी हिजो नै अध्यक्ष प्रचण्डलाई बुझाईसेको छ ।

कार्यदलले सबै सदस्यको नामावली तयार पारिसकेको जनाउर्दै कार्यदल संयोजक पुनले आयोजक समितिमा सिफारिस भएका नेताहरूलाई एक तहभन्दा बढी एकैचोटि बढुवा नगरेको बताउनु भयो ।

हेडक्वाटर बैठकको निर्णय अनुमोदनका लागी पोलिटब्युरो बैठक बिहान ११ बजेका लागी बोलाईएको छ । माओवादीले यसअघि आयोजक समिति ६ सय ९९ सदस्यीय बनाउने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ