ट्रेड यूनियनको निर्वाचन सुरु

ट्रेड यूनियनको निर्वाचन सुरु

  • बुधबार, जेष्ठ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ , जेष्ठ १९
निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचन आज ९ बजे देखि सुरु भएको छ ।सम्पूर्ण क्षेत्रमा विहान ९ बजे देखि सुरु भएको निर्वाचन साझ ५ बजेसम्म जारी रहने प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमल्सेना जानकारी दिनुभयो।

उहाँका अनुसार भइरहेको आधिकारी ट्रेड यूनियनको चुनावमा ७ वटा क्रियाशील कर्मचारि संगठनले उम्मेदवारी दर्ता गराएको छ । ७ क्रियाशील कर्मचारि संगठनले मध्ये ३ प्रमुख कर्मचारी संगठन बिच प्रतिस्पर्धा हुने देखिएको छ ।

दलपिच्छेका ट्रेड युनियन र तिनले निम्त्याउने विसङगति नियन्त्रण गर्नको लागि सरकारले ट्रेड युनियनको निर्वाचन गर्न लागेको हो ।

नेपाली कंग्रेसको निकटको नेपाल निजामति कर्मचारी युनियन (संघ) , एमाले निकटको नेपाल निजामति कर्मचारी संगठन , एमाओवादी निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठन र मधेसी दलहरु निकटको नेपाल मधेसी निजामति कर्मचारी मञ्च र मोहन बैद्य समूहको माओवादी निकटको राष्ट्रिय कर्मचारी संगठन रहेका छन् ।

निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने संगठनले अध्यक्ष र कोषाध्यक्ष, दोस्रो बढी मत ल्याउने संगठनले महासचिव , तेस्रो हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पाउने व्यवस्था छ ।

केन्द्रका हकमा १६ जना सदस्य हुने व्यवस्था गरिएकोमा १० प्रतिशतभन्दा बढी मत ल्याउने संगठनमा भाग लगाएर सदस्यहरुको बाँडफाँट गरिनेछ ।

समानुपातिक पद्धतिका आधारमा हुने निर्वाचनमा ५५ हजार ३२५ जनाले मतदानमा सहभागिता जनाउदैछन् । १ सय १७ वटा स्थानमा १ सय २९ मतदान केन्द्रमा हुने निर्वाचनमा कर्मचारी र सुरक्षाकर्मी गरी २८ सय जनशक्ति परिचालन छन् ।

सरकारले आजको मतदानको लागि निजामति कर्मचारी हरुलाई मात्र विदा दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ