संसद बैठक आज पनि बस्दै ,बजेटका बिषयमा सैद्धान्तिक छलफल जारी रहने

संसद बैठक आज पनि बस्दै ,बजेटका बिषयमा सैद्धान्तिक छलफल जारी रहने

  • बुधबार, जेष्ठ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, जेठ १९
ब्यावस्थापिका संसदको बैठकमा आज पनि बजेटका बिषयमा सैद्धान्तिक छलफल जारी रहने छ । नयाबानेश्वर स्थित संसद भवनमा बिहान ११ बजे पछि बस्ने बस्ने बैठकमा आगमाी आर्थिक बर्ष २०७३ ÷०७४ को बजेटमाथि सांसदहरुले धारणा राख्ने छन् ।

बजेटमाथिको सैद्धान्तिक छलफलका लागी संसद सचिवालयले आजसम्मको समय निर्धाण गरेपनि प्रतिपक्षी दल काग्रेसले एक दिन बैठक अबरुद्ध गरेका कारण थप एक दिन लम्बिन सक्ने जनाईएको छ ।

सभामुख सहित प्रमुख सचेतकहरुको बैठकले सो बिषयमा निर्णय गर्ने संसद सचिवालयका सह प्रवत्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।

बजेटमाथिको स्रद्धान्तिक छलफलका क्रममा सांसदहरुले धारणा राखिसकेपछि उठेका प्रश्नको अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिनु हुनेछ ।

संसद बैठकमा प्रमुख प्रतिपक्ष काग्रेसले भन्दा सत्तारुढ दलहरुले नै बजेटको बढी बिरोध गरेका छन् ।
बजेटमाथि धारणा राख्दै नेकपा माओवादी केन्द्र ,राप्रपा नेपाल ,मधेसी जनअधिकार फोरम लोकतान्त्रिक लगायतका सत्ता साझेदार दलका सांसदहरुले नै बजेट प्रचारमुखि भएको भन्दै कार्यान्वयन पक्षमा प्रश्न उठाएका छन् ।

यसैबीच ब्यावस्थापिका संसद अन्तरगतको विकास समितिको बैठक आज बस्दै छ । सिंहदरबारमा बस्ने बैठकमा भुकम्प प्रभावित जिल्लामा भईरहेको पुननिर्माण प्रगति लगायतका बिषयमा छलफल हुने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ