काठमाडौं ,जेष्ठ १९
निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचन आज हुदैछ । मतदान विहान ९ बजे देखि साँझ ५ बजे सम्म चल्ने छ ।
आज हुने आधिकारी ट्रेड यूनियनको चुनावमा ७ वटा क्रियाशील कर्मचारि संगठनले उम्मेदवारी दर्ता गराएको गीताप्रसाद तिमल्सेनाले जानकारी दिनु भयो । ७ क्रियाशील कर्मचारि संगठनले मध्ये ३ प्रमुख कर्मचारी संगठन बिच प्रतिस्पर्धा हुने देखिएको छ ।
दलपिच्छेका ट्रेड युनियन र तिनले निम्त्याउने विसङगति नियन्त्रण गर्नको लागि सरकारले ट्रेड युनियनको निर्वाचन गर्न लागेको हो ।
नेपाली कंग्रेसको निकटको नेपाल निजामति कर्मचारी युनियन (संघ) , एमाले निकटको नेपाल निजामति कर्मचारी संगठन , एमाओवादी निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठन र मधेसी दलहरु निकटको नेपाल मधेसी निजामति कर्मचारी मञ्च र मोहन बैद्य समूहको माओवादी निकटको राष्ट्रिय कर्मचारी संगठन रहेका छन् ।
निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने संगठनले अध्यक्ष र कोषाध्यक्ष, दोस्रो बढी मत ल्याउने संगठनले महासचिव , तेस्रो हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पाउने व्यवस्था छ ।
केन्द्रका हकमा १६ जना सदस्य हुने व्यवस्था गरिएकोमा १० प्रतिशतभन्दा बढी मत ल्याउने संगठनमा भाग लगाएर सदस्यहरुको बाँडफाँट गरिनेछ ।
समानुपातिक पद्धतिका आधारमा हुने निर्वाचनमा ५५ हजार ३२५ जनाले मतदानमा सहभागिता जनाउदैछन् । १ सय १७ वटा स्थानमा १ सय २९ मतदान केन्द्रमा हुने निर्वाचनमा कर्मचारी र सुरक्षाकर्मी गरी २८ सय जनशक्ति परिचालन हुनेछ ।
सरकारले आजको मतदानको लागि निजामति कर्मचारी हरुलाई विदा दिएको छ ।