काठमाण्डौ ,१८ जेठ ।
ब्यावस्थापिका संसद बैठक अहिले बसिरहेको छ । संसदमा अहिले बजेटमाथिको छलफल शुरु भएको छ ।
संघीय गठबन्धनले भने संसद बैठक बहिष्कार गरेको छ ।
बैठकमा सरकारले प्रस्तुत गरेको बजेटका बिषयमा छलफल भईरहेको छ । सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०७३÷७४ को बजेटबारे आज र भोली संसदमा छलफल गर्ने तयारी भएको छ ।
त्यसपछि जेठ २० गते सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने कार्यसुची रहेको संसद सचिवालयका सहप्रवक्त सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।
सरकारले सामाजिक सुरक्षा भत्ता दोव्वर बनाउने, कृषिमा आत्मनिर्भर बनाउने, पूर्वाधार विकासमा तीव्रता दिने, तीन वर्ष भित्र सबै नागरिकको बीमा गराउने जस्ता कार्यक्रमहरु बजेटमा समावेश गरेको छ ।
संसद सचिवालयले आगामी आर्थिक बर्षको राजश्व र ब्ययको विवरणमाथि सैद्धान्तिक छलफलका लागि पर्सि बिहीवारसम्मको समय निर्धारण गरेको छ ।