काठमाण्डौ ,१८ जेठ ।
ब्यवस्थापिका संसद बैठक आज पनि बस्दै छ । बिहान ११ बजेका लागी बोलाईएको बैठकमा सरकारले शनिवार प्रस्तुत गरेको वजेटका बिषयमा छलफल गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल काग्रेसका सांसदले बजेटको विवरण सार्वजनिक हुनु पूर्व नै चुहावट भएको भन्दै त्यसबारे छानबिन हुनुपर्ने माग राख्दै हिजो चार पटक सम्म बैठक अबरोध गरेपछि आज पुन बस्न लागेको हो ।
बजेट चुहावटको बिषयमा छानबिन समिति गठन नभएसम्म संसदको काम कार्वाहि अघि बढ्न नदिने काग्रेस सांसदले अडान लिएका छन् ।
काग्रेस सांसद प्रकाससरण महतले छानबिन समिति गठन नभएसम्म अबरोध जवारी रहने बताउनु भयो । तर एमाले सांसदहरुले बजेट राम्रो आएकाले प्रतिपक्ष दल आत्तिएको धारणा राखेका छन् ।
संसद सचिवालयले आगामी आर्थिक बर्षको राजस्व तथा ब्ययको विबरणमाथि सैद्धान्तिक छलफलको समय निर्धारण गरेपनि काग्रेसको अडानका कारण बैठक कार्यसुचीमा प्रवेश गर्न सकेको छैन ।