बजेट एमालेको चुनावी घोषणापत्र अनुसार : नेता सिंह

बजेट एमालेको चुनावी घोषणापत्र अनुसार : नेता सिंह

  • सोमवार, जेष्ठ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ ,१७ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले एमालेले आफ्नो घोषणापत्र अनुरुपको वजेट ल्याएकोले कार्यान्वयनमा जटिलता रहेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियनले आज सिमरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता सिंहले एमालेको घोसणा पत्र अनुसार प्रचारमुखि कार्यक्रमहरु वजेटमा समाबेस गरेको बताउनु भयो ।

एमालेले आथिक अनुसानको समेत उलघन गरेर चुनाबि रणनीतिको रुपमा बजेटल्याएको भन्दै उहाले ओली नेतृत्वको सरकारको दिनगन्ति सुरु भएको समेत टिप्पणी गर्नु भयो ।

सता गठबन्धनका प्रमुख नेताले अब सरकार परिवर्तन हुने बताईरहेकाले वर्तमान सरकार धेरै नटिक्ने उहाको भनाई छ । काग्रेस संबिधान कार्यान्वयनका लागी प्रयासरत रहेको तर वजेट वर्तमान राजनितिक तथा मधेशको समास्या समाधानमा समेत बाधक बनेको उहाको धारणा छ ।

यस्तै नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले बजेटकै कारणले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने दाबी गर्नु भएको छ ।

नवलपरासीको अमलटारीमा महिला संघको लुम्बिनी अञ्चल स्तरीय कार्यकर्ता प्रशिक्षणमा पुग्नुभएका कोइरालाले सञ्चारकर्मीसँगको कुराकानीमा बजेट उत्पादनमुखी भन्दा वितरणमुखी भएकाले त्यही कारणले सरकार ढल्ने उहाँले बताउनु भयो ।

‘गठबन्धन सरकार भएकाले यो सरकारको धरातल नै कमजोर छ, जुनसुकै बेला ढल्न सक्छ’ कोइरालाले भन्नु भयो ।

‘नेपाली कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्न बेला आयो भने हामी फिल्डमा उत्रने भन्दै उहाँले ‘भूकम्पले थिलथिलो भएको जनतालाई राहात दिने कार्यक्रम बजेटमा नआउनु पनि दखद भएको बताउनु भयो ।

नाकाबन्दीले थलिएको अर्थतन्त्रलाई यस्तो बजेटले झन पछाडि धकेलेको उहाँले दावी गर्नुभयो । ‘उत्पादनमुखी बजेट ल्याएर राष्ट्रिय पुँजीको विकास गर्नु अहिलेको आवश्यकता भएपनि त्यसलाई बजेटले संबोधन नगरेको बताउनु भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ