पिछडाबर्गद्धारा एक महिने निःशुल्क लोक सेवा तयारी कक्षा सुरु

पिछडाबर्गद्धारा एक महिने निःशुल्क लोक सेवा तयारी कक्षा सुरु

  • सोमवार, जेष्ठ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

 धरान,सुनसरी । समुदायमा पछाडी परेका बर्गको उत्थान तथा पिछडिएका बर्गको सरकारी जागीरमा पहुच पु¥याउने उदेश्यले एक महिने निःशुल्क लोक सेवा आयोग तयारी कक्षा सुरु गरिएको छ ।
पिछिडिएको बर्गले सरल तरिकाले सरकारी निकायमा पहुच पु¥याउने उदेश्यले पिछडाबर्ग महासंघ धरान नगर समिति तथा धरान उप महानगरपालिकाको सहयोगमा आईतबार देखी धरानमा एक महिने लोक सेवा तयारी कक्षा सुरु गरेको हो ।
धरान उपमहानगरपालिका अन्र्तगतको हुलाक कार्यलयको लोक सेवा तयारी कक्षा हलमा सो तालिम सुरु गरिएको पिछडाबर्ग महासंघ धरान नगरसमितिका संम्योजक गोपाल कामतले जानकारी दिनु भयो ।

कार्यक्रममा सरकारी स्तरबाट हुने सम्पुर्ण सेवा सुबिधाका तहमा पछाडी परेका बर्गको हितका निम्ती कार्यक्रको आयोजना गरेको सम्योजक कामतले बताए ।
सोही कार्यक्रमको उदघाटनको क्रममा बोल्नुहुदै प्रमुख अतिथि धरान उपमहानगरपालिकाका सामाजिक बिकास शाखा अधिकृत शिशिर श्रेष्ठले पिछडिएको समुदायको पहुच राज्यको हरेक तहसम्म पु¥याए मात्र पिछडा बर्गको उन्नती हुने धारण राख्नुभएको थियो ।
उहा“ले जनताको करबाट सम्पुर्ण सरकारी निकाय चल्ने भएकाले सरकारी निकायमा आएर निर्धक्क संग सम्बन्धीत बिषय खोजी निति गर्न पाउने पनि पिछडाबर्गको उतिकै अधिकार हुने बताउनु भयो ।
सोही कार्यक्रममा प्रशिक्षकको रुपमा भुमिका निर्वाह गरिरहनुभएका मोहन ढकालले अबका दिनमा पिछडा वर्ग पनि आफना अधिकार खोज्नका लागी एक ढिक्का हुनुपर्र्नै बताउदै यो तयारी कक्षा पहिलो खुडकिला भएको बताउनुभयो ।
महासंघको एक महिना सम्म चल्ने सो तयारी कक्षामा धरानका पछाडी परेका बर्ग समुदायका ३० जना युवा युवतीहरुको सहभागीता रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ