काठमाडौ १७ जेठ ।
नेकपा माओवादी केन्द्रको बैठक आज बस्दैछ । पार्टी मुख्यलय पेरिसडाँडामा बस्ने बैठकले पार्टीको केन्द्रिय सदस्य थप गर्ने विषयमा निर्णय गर्ने बताइएको छ ।
६ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाएर आलोचित नेकपा माओवादी केन्द्रले पुनः ३ सय सदस्य थप गरी एक हजार केन्द्रिय सदस्य बनाउने गृहकार्य सुरु गरेको छ ।
एकता प्रक्रियामा आउदा अन्य दलले केन्द्रिय सदस्य बढाएपनि आफ्नो पक्षले नबढाएको भन्दै एकिृकत नेकपा माओवादीका तर्फबाट सदस्य थप गर्ने तयारी भएको स्रोतले जनाएको छ ।
अहिले सदस्य नथपिए दिर्गाकालिन रुपमा आफ्नो पक्ष कमजोर हुने आँकलनसहित एकता केन्द्रले संस्थापन पक्षबाट केन्द्रिय सदस्य थप गर्ने गृहकार्य सुरु गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline