काठमाडौ १७ जेठ ।
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा आजबाट सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ ।
संसद बैठकमा आजबाट आर्थिक वर्ष २०७३÷७४ को बजेटमाथि सांसदहरुले बोल्नेक्रम सुरु हुने संसद सचिवालयले जनाएको छ । सरकारले गत शनिबार १० खर्ब ४८ अर्ब ९२ करोड बराबरको बजेट सार्वजनिक गरेको थियो ।
तीन दिन सम्मको लगातार छलफलपछि सांसदहरुले उठाएका प्रश्नको आगामी जेठ २० गते अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने कार्यसुची रहेकको संसद सचिवालयका सहयक प्रवक्त सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।
सरकारले सामाजिक सुरक्षा भत्ता दोव्वर बनाउने, कृषिमा आत्मनिर्भर बनाउने, पूर्वाधार विकासमा तीव्रता दिने, तीन वर्ष भित्र सबै नागरिकको बीमा गराउने जस्ता कार्यक्रमहरु बजेटमा समावेश गरेको छ ।