काठमाण्डौं १६ जेष्ठ ।
प्रदेश सिमांकन तथा पहिचान सहितको संघियताको माग गर्दै आन्दोलनरत संघिय गठबन्धनले आज विरगन्जमा विरोध प्रदर्शन गर्दैछ ।
आफूहरुको माग सम्बोधनका लागि सरकारलाई दवाव दिन भन्दै यसअघि राजधानी केन्द्रित आन्दोलन गरेको गठबन्धनले आज राजधानी बाहिर विरोध प्रदर्शन गर्न लागेको हो ।
वीरगञ्जमा हुने विरोध सभालाई गठबन्धन आबद्ध दलका शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वीरगञ्जपछि भोली पोखरामा विरोध प्रदर्शन गर्ने गठबन्धनको तयारी छ ।
पोखरामा हुने विरोध सभाबाट आन्दोलनका थप कार्यक्रम समेत घोषणा गरिने गठबन्धन आवद्ध दल संघीय समाजवादी फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
गठबन्धको मागप्रति सरकार गम्भिर नदेखिएको भन्दै गठबन्धनले सरकारको पटक पटकको वार्ता आह्वान अस्वीकार गर्दै आन्दोलनलाई नै निरन्तरता दिदै आएका छन् ।
पछिल्लो पटक गठबन्धनले वार्ताका लागि सरकारले मधेसी मोर्चालाई नभई सिङ्गो गठबन्धनलाई पत्र पठाउनुपर्ने सर्त अघि सारेको छ ।