काठमाडौ १६ जेठ ।
सत्ता नेतृत्वकर्ता दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा भोलीबाट संसदमा सुरु हुने बजेटमाथिको छलफलमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने बताइएको छ ।
हिजो सार्वजनिक गरिएको बजेट तथा त्यसको कार्यन्वयनका साथै बजेटका विषयमा प्रतिपक्षी दलबाट हुनसक्ने आलोचनाको प्रतिरक्षाका विषयमा दलको बैठकमा छलफल हुन लागेको नेताहरुले बताएका छन् ।
यस्तै पछिल्लो समय पार्टीमा देखिएको आन्तरिक विवाद तथा मतान्तरका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline