बजेटमा यस्ता छन् स्थानीय विकास योजना

बजेटमा यस्ता छन् स्थानीय विकास योजना

  • शनिबार, जेष्ठ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ ,१५ जेठ ।

महेन्द्रनगर, धनगढी, जनकपुर, लगायतका सहरमा ढलदेखि मनोरन्जक पार्क समेत छनोट गरी शहर बनाइने र त्यसका लागी प्रत्येकले ५० करोड पाउने जनाईएको छ ।

जनता आवास कार्यक्रम अन्तरगत २० हजार परिवारका लागि आवास निर्माणका लागि १ अर्ब ७२ करोड वजेट विनियोजन गरिएको छ । हुलाकी राजमार्ग आसपासका स्थानमा १० शहर बनाउन १ अर्ब ४ करोड रुपैया छुट्याईएको छ ।

पालुङटारलाई केन्द्र मानेर स्मार्ट सिटी गुरुयोजना बनाइने लक्ष सहित भौतिक निर्माणको काम थालिने जनाईएको छ ।

७० नया नगरपालिकाको विकासका लागि २१ करोड विनियोजन गरिएको छ । साथै थप ३ वटा महानगरपालिका घोषणा गर्न तयारी थालिने छ । भक्तपुरलाई सांस्कृतिक शहरका रुपमा विकास गरिनेछ ।

भवन संहितालाई परिमार्जन गरिनेछ । यो नमान्नेलाई खानेपानी, ढल टेलिफोन, लगायत ससुविधा नदिने व्यावस्था गरिएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, सिंहदवार, सैनिक मुख्यालयको निर्माण आगामी आर्थिक बर्षबाटै सुरु गरिने जनाईएको छ । बाढी पहिरोको जोखिममा रहेका वस्तीलाई स्थानान्तरण गर्ने तथा काठमाडौं बाग्मती संग्राहलय स्थापना गरिने जनाईएको छ ।

लुम्बिनीमा ५ हजार मानिस अट्ने सभा भवन बनाइने पनि वजेटमा उल्लेख छ ।

यस्तै भन्सार छुट पाएका गाडिमा अलगै नम्बर प्लेटको व्यवस्था गरि ट्याक्सीमा डिजिटल अनिवार्य गरिने भएको छ ।

लाइसेन्स र सवारी धनी कार्ड ५ वर्ष्भित्र स्मार्ट कार्डमा रुपान्तरण गरिने लक्ष छ । ५ वर्ष भित्र सवारीमा इम्बोस्ड नम्बर प्लेट, स्मार्ट, लाइसेन्स र ब्लुबुकल लागू गरिसक्ने वजेटमा उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी