बिद्युत उत्पादनका लागी पेट्रोलीयम पदार्थमा कर बढ्यो

बिद्युत उत्पादनका लागी पेट्रोलीयम पदार्थमा कर बढ्यो

  • शनिबार, जेष्ठ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौं जेष्ठ १५ । सरकारले तनहुँ सेती, पश्चिम सेती, तामाकोसी र अरुण तेस्रोलाई अगाडि बढाउने नीति लिएको छ । विद्युत् आयातको वैकल्पिक व्यवस्था गर्न चिलिमे केरुङको अध्ययन सुरु गरिने भएको छ ।

जलबिद्युतको विकासका लागी पेट्रोलियम पदार्थमा थप कर लगाएर विद्युत् उत्पादन गर्ने नीति लिएको छ । पेट्रोलियम पदार्थमा ५ प्रतिशत पूर्वाधार कर लगाएसँगै पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने बताइएको छ । उक्त रकम बुढी गण्डकीमा खर्च गर्ने बजेट बक्तव्यमा उल्लेख छ ।

अर्थमन्त्री विष्णु पौडेलले ‘घरघरमा बिजुली, जनजनमा शेयर’को अवधारणा बजेट बक्तव्यमा उल्लेख गर्नुभएको छ । जसमा ५१ सरकारको र नेपाली र गैरआवासीयको ४९ प्रतिशत लगानी रहने जनाईएको छ ।

बुढिगण्डकीको निर्माण आगामी आर्थिक वर्षबाट सुरु गर्ने जनाउदै त्यसका लागी ५ अर्ब ३३ करोड बजेट छुट्याईएको छ ।
जलविद्युत क्षमता यकिन गर्न सर्वेक्षण गर्नेदेखि प्रसारण लाइन निर्माण गर्ने योजना सार्वजनिक गर्दै विद्युत वितरण प्रणालीमा जनसहभागी बढाउने जनाईएको छ ।

उर्जा संकट निवारणका लागि बजेटको व्यवस्था पनि गरिएको छ । मुआब्जा लगायतका समस्या समाधान गर्न छुट्टै निकाय स्थापना गरिनेछ ।

प्रशारण लाइन बिस्तार गर्ने विषयहरु, ३ वटा अन्तरदेशीय प्रशारण लाइन निर्माण र चिलिमे केरुङ प्रशारण लाइनका लक्ष्यहरु महत्वाकांक्षी भएको तर सैद्धान्तिक रुपमा ठीक भएको पूर्व अर्थ सचीव रामेश्वर खनालले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी