काठमाण्डौ, १५ जेठ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणतन्त्रकाविरुद्ध चलखेल भइरहेको बताउनुभएको छ ।
गणतन्त्र दिवसका अवसर पारेर आज सुकेधारामा कामद कलेजले आयोजना गरेको गणेशमान सिंह छात्रवृत्ति पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा वोल्दै उहाँले उहाँले भन्नु भयो, संविधानको पूर्णकार्यान्वयन भएमात्र गणतन्त्र संस्थागत हुनसक्छ, यसका लागि दलहरु इमान्दार भएर लाग्नुपर्छ
उहाँले आजसम्म पनि मुलुकमा राजनीतिक अस्थिरता कायम रहेको भन्दै दलगत स्वार्थभन्दा माथि उठेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
गणतन्त्र दिवसका अवसरमा सो कलेजले प्रत्येक वर्ष पाँचजना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्दे आएकामा यस वर्ष भूकम्पपीडित एकजनालाई थप गरी ६ जनालाई प्रदान गरेको थियो । यस्तै, कलेजमा स्थापनाकालदेखि योगदान दिने पदाधिकारीलाई सम्मानसमेत गरिएको थियो ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले कांग्रेस सधैँ प्रतिपक्षमा मात्रै नबस्ने बताउनु भएको छ ।
नेपाली कांग्रेस मध्यपुरथिमी नगर समितिले शनिबार भक्तपुरमा आयोजना गरेको नगरस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले कांग्रेस सत्तामा जान अवसरको प्रतिक्षामा रहेको बताउन भएको हो ।
कार्यक्रममा बोल्दै उहाँले कांग्रेस सधै प्रतिपक्षमा बस्दैन, गणपुुरक संख्या पुगेको दिन कांग्रेस सत्तामा जान्छ, त्यसको अवसरलाई कांग्रेसले प्रतिक्षा गरिरहेको उहाँले भन्नुभयो ।
कार्यक्रममा कांग्रेसका अर्को केन्द्रीय सदस्य मिन विश्वकर्माले संविधान कार्यान्वयनमा चुनौती रहेकाले यसतर्फ सबै केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।