काठमाडौ १५ जेठ ।
सरकारले आगामी आर्थिक वर्ष २०७३/०७४ को बजेट आज सार्वजनिक गर्दैछ । अपरान्न ४ बजे बस्ने संसद बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १० खर्ब ४० अर्ब बढीको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
बजेटमा नागरिकको जीवनस्तर माथि उठाउने योजनासहित भूकम्पपछिको पुनर्निर्माण, पूर्वाधार विकास तथा सामाजिक सुरक्षामा विशेष जोड दिइएको छ ।
नेकपामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको अहिलेको सरकारले यसअघि एमालेको नौं महिने शासनकालमा ल्याएको बजेटकै शैलीमा बजेट ल्याउन लागेको स्रोतले जनाएको छ ।
बजेटमा गामीण क्षेत्रका नागरिकलाई महशूस हुनेगरी कृषिमा आधुनिकीकरण, पूर्वाधार विकास, भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाका कार्यक्रम समावेश गरिएको छ । यस्तै कर्मचारीको तलब बढ्ने भएको छ ।
सामाजिक सुरक्षा भत्ता कायम राख्दै वृद्धवृद्धा, अपांगता भएका, अशक्त, एकल महिला तथा बेरोजगार युवाका लागि पनि बजेटमा विशेष कार्यक्रम समावेश भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।