समावेशी लोकतान्त्रिक मुलुक निर्माणमा प्रेरणा मिलोस् : राष्ट्रपति

समावेशी लोकतान्त्रिक मुलुक निर्माणमा प्रेरणा मिलोस् : राष्ट्रपति

  • शनिबार, जेष्ठ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौ १५ जेठ ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँले आम नेपालीको जीवनस्तर माथि उठाउनका लागि सामाजिक आर्थिक रुपान्तरणमा परिचालित हुन आग्रह समेत गर्नुभएको छ ।

नवौं गणतन्त्र दिवसका अवसरमा शुभाकामना शुभाकामना सन्देश जारी गर्नुहुदै उहाँले आजको दिनले सबै नेपालीको राष्ट्रिय एकताको जगमा शान्त, समृद्ध, सन्तुलित र समावेशी लोकतान्त्रिक मुलुक निर्माणमा प्रेरणा मिलोस् भन्ने कामना समेत गर्नु भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले अबको ध्यान देशको हरेक कुनाका नागरिकले प्रत्यक्ष अनुभूत गर्ने गरी आर्थिक, सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संविधानको कार्यान्वयनसँगै अब मुलुक आर्थिकरसामाजिक विकासको दिशामा अघि बढेको बताउनुभएको छ ।

आफ्नो शुभकामना सन्देशमा उहाँले गणतन्त्र स्थापनाका लागि प्राण उत्सर्ग गर्ने सबै सहिदप्रति श्रद्धासुमन प्रकट गर्दै उनीहरुको सपना साकार पार्न सबैलाई एकताबद्ध भएर अघि बढ्न अपिल समेत गर्नुभएको छ ।

वर्तमान समयमा मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन राष्ट्रिय एकता र संकल्पका साथ तीव्र प्रयास आवश्यक रहेको उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ