आज नवौं गणतन्त्र दिवस, राजधानीको सैनिक मन्चमा विशेष समारोहको आयोजना

आज नवौं गणतन्त्र दिवस, राजधानीको सैनिक मन्चमा विशेष समारोहको आयोजना

  • शनिबार, जेष्ठ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौ १५ जेठ ।  

आज नवौं गणतन्त्र दिवस, मुलुकलाई संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको दिनको सम्झनामा आज देशैभर विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ ।

मुलुकमा गणतन्त्र स्थापना भएको आज आठ वर्ष पूरा भएर ९ वर्षमा लागेको छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दुई सय ३८ वर्ष लामो राजतन्त्र अन्त्यको घोषणा भएको यस दिनलाई हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाइने गरिन्छ । मुलुकमा जननिर्वाचित प्रतिनिधिबाट संविधान जारी भएपछिको यो पहिलो गणतन्त्र दिवस पनि हो ।

गणतन्त्र घोषणा भइसकेपछि देशमा केही ठूला राजनीतिक उपलव्धी हासिल भएपनि चुनौति अझै उत्तिकै रहेको राजनीति विश्लेशकहरु बताउछन् ।

दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ । कार्यक्रममा राष्ट्रपति विद्यादवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न राजनितिक दलका शिर्ष नेताका साथै सरकारका उच्च अधिकारीहरुको सहभागिता रहनेछ ।

यस्तै गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले आज राष्ट्रपति भवन शीतल निवासमा जलपान समारोहको आयोजना गर्नुभएको छ । विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि गणतन्त्र दिवसका विभिन्न कार्यक्रम हुदैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ