काठमाडौ १४ जेठ ।
व्यवस्थापिका संसदको बैठकमा आज सरकारको तर्फवाट तिन ओटा विधेयक प्रस्तुत गरीएको छ ।
नयाँबानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा सर्बोच्च अदालत पहिलो शंसोधन बिधेयक २०७३ , न्याय सेवा आयोगको काम कर्तव्य अधिकार सम्बन्धी एकिकरण विधेयक २०७३ तथा सामाजीक सुरक्षा विधेयक २०७२ पेश गरिएको थियो ।
सामाजिक सुरक्षा विधेयक श्रम तथा रोजगार मन्त्री दिपक बोहराले तथा कानुन मन्त्री अग्नी खरेलले अन्य दुई बिधेयक प्रस्तुत गर्नुभएको थियो ।
यसअघि संसद बैठकको शुन्य समयमा सांसदहरुले सरकारको काम कार्वाहिको बिषयमा धारणा राखेका थिए । यस्तै बिशेष समयमा बोल्ने सांसदहरुले समसामयीक बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
आजको बैठकमा नियमवाली मस्यौदा प्रतिवेदनमा दर्ता भएका संशोधन प्रस्तावमाथि दफावार छलफल सुरु गर्ने भनिएपनि दलहरुले सहमतिका थप प्रयास गर्ने सहमती गरेपछि तत्कालका लागि स्थगित भएको छ ।
ब्यावस्थापिका संसदको बैठक भोली अपरान्ह चार बजेसम्मका लागी स्थगित भएको छ । भोलीको बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्ष २०७३ ÷०७४ को वजेट प्रस्तुत गर्नुहुने छ ।