अहिलेका नागरिकमा मानवीय संवेदना हरायो : शिक्षा मन्त्री पोखरेल

अहिलेका नागरिकमा मानवीय संवेदना हरायो : शिक्षा मन्त्री पोखरेल

  • शुक्रबार, जेष्ठ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

भक्तपुर, १४ जेठ ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अहिलेका नागरिकमा मानवीय संवेदना हराउदै गएकाले शिक्षालाई मानवीय संवेदनासँग जोडेर लैजानु पर्ने बताउनु भएको छ

भक्तपुरमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाले शिक्षालाई सीप, प्रविधि र मानवीय संवेदनासँग जोडेर लैजानु आजको आवश्यत्ता भएको बताउनु भयो ।

शिक्षा मन्त्रालयले व्यावसायीक प्रविधि र रोजगारमुलक शिक्षाका लागि छुट्टै संरचना बनाउन लागेको जानकारी दिदै मन्त्री पोखरेलले त्यसका लागी काम छिट्टै सुरु गरिने बताउनु भयो । यस्तै मन्त्रालयले खुल्ला विश्व विद्यालय र चिकित्सा शिक्षा आयोग गठनको तयारी गरेको बताउँदै उहाले शिक्षा सम्बन्धी विद्येयक पास हुने तयारीमा रहेको बताउनुभयो ।

सामुदायिक विद्यालयलाई राजनीतिबाट मुक्त गर्नु पर्ने औल्याउँदै उहाँले राजनीति छवि भएका व्यक्ती विद्यालय व्यवस्थापन समितिमा समेत बस्न नहुनेमा जोड दिनुभयो ।
मनत्री पोखरेलले सार्वजनिक विद्यालयको चित्र बदल्न नीति निर्माता र सरकारी कर्मचारीले सामुदायीक विद्यालय मै आफ्ना छोराछोरी पढाउनु पर्नेमा जोड दिनुभयो ।

अहिले देशभर ३० हजार बालविकास केन्द्र रहेको बताउँदै उहाँले यसलाई शिक्षाको अभिन्न अंग बनाएर लैजाने सरकारको योजना रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ