काठमाडौं , १४ जेठ ।
उद्योगपति एवम् केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक सुरेशकुमार केडियाको अपहरणप्रति नेपाली कांग्रेसले निन्दा गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बिज्ञप्ती जारी गरि अपहरण गर्ने व्यक्तिको तत्काल खोजी गरी कडाभन्दा कडा कारबाही गर्न तथा यस्ता घटना पुनः नदोहोरिने वातावरण बनाउन सरकारसँग मागसमेत गर्नुभएको छ ।
‘कुनै पनि नागरिकको अपहरण हुनु अत्यन्त दुःखद र सम्बेदनशील विषय भएको र यस्ता आपराधिक क्रियाकलापको नेपाली कांग्रेसले सधैं घोर निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले शान्ति सुव्यवस्थालाई खल्बल्याई आम नागरिकमा डर र त्रासको वातावरण सिर्जना गर्न खोज्ने यस्ता आपराधिक समूह, व्यक्तिको तत्काल खोजी गरी कारबाही गर्न माग पनि गरेको छ ।
यसैबीच , हिजो साँझ अपहरणमा परेका उद्योगी केडियाको अवस्था अझैसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ । सीमा नाकामा विशेष सुरक्षा समन्वय गरि खोजी कार्य जारी राखेपनि अझै सम्म केडियाको अवस्था थाहा हुन नसकेको भनदै प्रहरीले भारतीय सिमा क्षेत्रमा पनि खोजी सुरु गरेकोछ ।
उद्योगी केडियालाई अपहरणकारीले भारत र्पुयाइसकेको दावी गर्दै भारतीय प्रहरीको समन्वयमा प्रहरीको टोलीले भारतीय सिमा क्षेत्र आसपासका गाँउमा खोजी कार्यलाई केन्द्रित गरिएको जिल्लास्थित सुरक्षा स्रोतले जनाएको छ ।
उद्योगका लागी खाद्यन्न खरिद गर्न गाउँ गएका बेला केडियालाई अपहरणकारीले पर्साको पसाह पुलबाट हिजो साँझ ६ बजे अपहरण गरेका हुन् ।
उता, अपहरणकारीको गोली लागि गम्भिर घाइते भएका केडियाका चालक श्याम उनेशप्रसाद कानुको अवस्थामा सुधार आएको जनाएको छ ।केडियाको अपहरणपछि जिल्ला सहित सिमा नाकामा बिशेष सुरक्षा निगरानी बढाएको वीरगञ्ज प्रहरीले जनाएको छ ।