काठमाडौ ,१४ जेठ ।
संसद नियमावलीमा सहमति जुटाउने पहल स्वरुप सभामुख ओनसरी घर्तीले बोलाउनु भएको प्रमुख दलका शिर्षस्थ नेताहरुको बैठक बिना निष्कर्ष सकिएको छ ।
सिंहदरबारमा आज बिहान बसेको सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका शिर्ष नेताहरु सम्मिलित बैठकमा कुनै ठोस सहमति जुट्न नसकेपनि नियमावली मस्यौदालाई सहमतिबाटै टुङ्गो लगाउने निर्णय भएको छ ।
लामो समयको विवादपछि व्यवस्थापिका संसदमा पुगेको संसद नियमावली मस्यौदा अब बजेटपछि मात्र टुंगो लाग्ने नेताहरुले बताएका छन् । बैठकमा दलहरु आ आफ्नै अडानमा कायम रहेपछि आज पनि सहमति जुट्न नसकेको हो ।
संसदीय सुनुवाई समितिमा रहने संख्यमा सत्तारुढ र प्रतिपक्षी दलहरुबीच मतभेद भएपछि लामो समयदेखि संसदको कार्य सन्चालन सम्बन्धी नियमावली बन्न सकेको छैन ।
नियमावली बन्न नसक्दा संसदको कार्यसन्चालनका साथै संवैधानिक निकायमा नियुक्ती तथा विभिन्न देशमा सिफारिस भएका राजदुतहरुको नियुक्ती अन्योलमा परेको छ ।