पत्रकार दीपेन्द्र रावललाई पितृशोक

पत्रकार दीपेन्द्र रावललाई पितृशोक

  • शुक्रबार, जेष्ठ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं ,१४ जेठ।
क्रान्तिकारी पत्रकार संगठन नेपालको उपाध्यक्ष दीपेन्द्र रावललाई पितृशोक परेको छ । उपाध्यक्ष एवं पत्रकार रावलको ८४ वर्षीय बुबा बजिर सिंह रावलको बिहीबार राति ११ः४५ बजे पुल्लेतोला–६, अछाम घरमा निधन भएको थियो ।

एक महिनादेखि ज्वरोले च्यापिएको र उपचारपछि घरमै रेखदेख गरिरहेको अवस्थामा हिजो राति असमायिक निधन भएको परिवारले बताएको छ ।

क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले एक प्रेस विज्ञप्ति जारी गर्दै असमायिक निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘हाम्रो क्रान्तिकारी पत्रकार संगठन नेपालका उपाध्यक्ष दीपेन्द्र रावलको पिता बजिर सिंह रावलको बिहीबार राति भएको असमायिक निधनप्रति दुःख व्यक्त गर्दछौं, साथै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्दछ’ शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै संवाद डबलीका सचिव धनञ्जय बुढाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संवाद डबलीका अध्यक्ष दीपेन्द्र रावलका पिता बजिर सिंह रावलको असमायिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

त्यस्तै क्रान्तिकारी पत्रकार संगठन नेपालका काठमाडौं जिल्ला शाखाका अध्यक्ष सागर लामाले पनि एक प्रेस विज्ञप्ति जारी गर्दै सगंठनका केन्द्रीय उपाध्यक्ष एवं पत्रकार दीपेन्द्र रावलको बुबा बजिरसिंह रावलको निधनको खबरले संगठन परिवार स्तब्ध भएको जनाएको छ । साथै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोककुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

मृतक रावलका चार छोरा, सात छोरी र दुई श्रीमती छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ