संघिय गठबन्धनको बैठक आज बस्दै

संघिय गठबन्धनको बैठक आज बस्दै

  • शुक्रबार, जेष्ठ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ १४ जेठ । 

प्रदेश सिमांकन लगायतका माग राख्दै राजधानी केन्द्रित आन्दोलन जारी राखेको मधेशी मोर्चा तथा विभिन्न जनजाति दल आवद्ध संघिय गठबन्धनको बैठक आज बस्दैछ ।

राजधानीको तीनकुनेस्थित संघिय समाजवादी फोरमको कार्यलयमा बस्ने बैठकमा राजधानी केन्द्रित आन्दोलनको समिक्षाका साथै आन्दोलनका नयाँ कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ ।

बैठकले भोली सकिने राजधानी केन्द्रित आन्दोलनको समिक्षा गर्दै जेठ १८ गतेबाट सुरु हुने अर्को चरणका आन्दोलनका कार्यक्रम तय गरिने गठबन्धन आवद्ध दल संघिय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भयो ।

गठबन्धनले सिंहदरबार र प्रधानमन्त्री निवास घेराउको कार्यक्रम स्थगित गरी अहिले राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दै आएको छ ।

भोली राजधानी केन्द्रित आन्दोलन सकिएपछि १६ गते विरगन्ज र १७ गते पोखरामा विरोध सभा गर्ने गठबन्धनको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ