आगामी आर्थिक बर्षको बजेट जेठ १५ गते अपरान्ह प्रस्तुत गर्ने

आगामी आर्थिक बर्षको बजेट जेठ १५ गते अपरान्ह प्रस्तुत गर्ने

  • बिहिबार, जेष्ठ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ ,१३ जेठ ।
सरकारले आगामी आर्थिक वर्ष २०७३ र ७४ को राजस्व र व्ययको अनुमान (बजेट) आगामी शनिबार सदनसमक्ष पेस गर्ने भएको छ ।

व्यवस्थापिका–संसदको आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले नेपालको संविधानअनुसार वार्षिक बजेट प्रस्तुत् गर्न सदनसमक्ष अनुरोध गरेपछि सभामुख ओनसरी घर्तीले यही जेठ १५ गते अपराह्न ४ बजे पेस गर्ने गरी समय निर्धारण गरिएको जानकारी दिनुभयो ।

उहाले बजेट प्रस्तुत् हुने उक्त दिन सांसदहरुलाई ३.४५ बजेभित्रमा सदनमा उपस्थित भइसक्न पनि निर्देशन दिनुभयो ।

अघिल्ला वर्षमा असार मसान्त सम्ममा ल्याईने गरिएको भएपनि पूर्वाधार निर्माणका आयोजनालाई समयमै अघि बढाउन सहज होस् भन्ने उदेश्यले संविधानमै जेठ १५ गते बजेट प्रस्तुत गरिने व्यवस्था गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी