काठमाडौं, १३ जेठ ।
पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता भरतमोहन अधिकारीले बजेटमा राजनीति गर्न नहुनेमा जोड दिनुभएको छ ।
राजधानीमा आज आयोजित कार्यक्रममा बोल्दै नेता अधिकारीले आगामी वजेटमा रोजगारी र उत्पादन बढाउने तथा वास्तविक किसानले अनुदान र ऋण पाउने गरी व्यवस्था गर्नु पर्ने बताउनु भयो ।
आगामी आर्थिक वर्षको बजेट २०५१ सालमा एमालेको नौ महिने शासनकालको समयमा ल्याएको जस्तै हुनुपर्ने भन्दै अधिकारी भन्नुभयो, ‘नौ महिने शासनकालमा मैले ल्याएको बृद्ध भत्ता, आफ्नो गाउँ आफै बनाउँ भन्ने कार्यक्रमलाई रामशरण महतसहित अहिलेसम्मका सबै अर्थमन्त्रीले निरन्तरता दिएर स्वीकारीसकेका छन् ।
बजेटले भूकम्पपछिको पुनर्निर्माण, नाकाबन्दीबाट तहसनहस भएको अर्थतन्त्रलाई रिभाईभ गर्ने, कृषिको उत्पादकत्व बढाई परनिर्भरता घाउने, संविधान कार्यान्वयन र आर्थिक सन्तुलन नबिग्रने गरी सामाजिक सुरक्षसहितका न्यायलाई प्राथमिकता दिन सुझाव दिएको जानकारी दिँदै बजेट पपुलिष्ट नभई पपुलर ल्याउनु पर्ने बताउनुभयो ।
नेता अधिकारीले बजेट ल्याउनु भन्दा कार्यान्वयन चुनौपूण रहेकोले कार्यान्वयन हुने खालका कार्यक्रम मात्रै वजेटमा समेट्नु पर्ने बताउनु भयो । बजेट पास भएपछि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्ने उहाँको भनाई थियो ।