ब्यावस्थापिक संसद बैठक जारी

ब्यावस्थापिक संसद बैठक जारी

  • बिहिबार, जेष्ठ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, १३ जेठ ।
ब्यावस्थापिका संसदको बैठक बसिरहेको छ । संसद भवन नयाँ बानजेश्वरमा जारी बैठकमा सरकारले चालु आर्थिक वर्षको समग्र आर्थिक स्थितिको मूल्याङ्कनसहित आर्थिक सर्वेक्षण पेस गर्दैछ ।

अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका–संसद्को आजको बैठकमा चालु आवको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।

सरकारले आगामी आर्थिक वर्षको बजेट पेस गर्नुपूर्व आज चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन सम्बन्धी बिषयम समेटेर आर्थिक सर्बेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ ।

बैठकमा चालु आर्थिक बर्षको बिस्तृत सर्बेक्षण , सार्वजनिक संस्थानको बित्तिय अवस्था र मन्त्रालयगत खर्च सम्बन्धमा बार्षिक प्रगति बिबरण पेश गरीने अर्थमन्त्रालयले जनाएको छ ।

सरकारको बार्षिक निती तथा कार्यक्रम पारीत गरेपछि गत बैशाख ३१ गते स्थगित बैठक आज बोलाईएको हो ।

यस्तै आज सर्बेक्षणको बैङ्किङ कसुर तथा सजाय पहिलो संशोधन विधेयक २०७१, निक्षेप कर्जा सुरक्षण कोष विधेयक, २०७२ तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक २०७२ सम्बन्धी विधेयक पनि पेस गरिने कार्यक्रम रहेको छ ।

सरकारले आगामी आर्थिक बर्षको बजेट पर्सि जेठ १५ गते प्रस्तुत गर्दै छ ।
अघिल्ला वर्षमा असार मसान्त सम्ममा ल्याईने गरिएको भएपनि पूर्वाधार निर्माणका आयोजनालाई समयमै अघि बढाउन सहज होस् भन्ने उदेश्यले संविधानमै जेठ १५ गते बजेट प्रस्तुत गरिने व्यवस्था गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ