आर्थिक सर्वेक्षण आज पेस हुदै 

आर्थिक सर्वेक्षण आज पेस हुदै 

  • बिहिबार, जेष्ठ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, १३ जेठ ।

सरकारले चालु आर्थिक वर्ष २०७२÷७३ को मुलुकको समग्र आर्थिक स्थितिको मूल्याङ्कनसहित आर्थिक सर्वेक्षण आज संसद पेस गर्दैछ ।

अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका–संसद्को आजको बैठकमा चालु आवको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।

सरकारले आगामी आवको बजेट पेस गर्नुपूर्व चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के–कति कार्यान्वयन भए कस्ता कस्ता चुनौती सामना गर्नुप¥योजस्ता समग्र विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ ।

नेपालको संविधानमा व्यवस्था भएअनुरूप सरकारले आगामी आवको बजेट यही जेठ १५ गते प्रस्तुत गर्नेछ ।

अघिल्ला वर्षमा असार मसान्त सम्ममा ल्याईने गरिएको भएपनि पूर्वाधार निर्माणका आयोजनालाई समयमै अघि बढाउन सहज होस् भन्ने उदेश्यले संविधानमै जेठ १५ गते बजेट प्रस्तुत गरिने व्यवस्था गरिएको हो ।

आर्थिक सर्वेक्षणमा मुलुकको समग्र आर्थिक स्थिति तथा सरकारको मातहतमा रहेको संस्थानको अवस्थाबारे समेत सदनलाई जानकारी दिईने छ ।

यस्तै व्यवस्थापिका–संसद् बैठकमा बैङ्किङ कसुर तथा सजाय पहिलो संशोधन विधेयक २०७१, निक्षेप कर्जा सुरक्षण कोष विधेयक, २०७२ तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक २०७२ सम्बन्धी विधेयक पनि पेस गरिने कार्यक्रम रहेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ