जेष्ठ १२-काठमाण्डौ
सबैले पछिल्लो पटक अत्याधिक रुचाएको हास्य श्रीन्खला भद्रगोल प्रति थप भद्रगोल थपिएको छ । केहि दिन अगाडी निर्देशक संकर आचार्य(बरिस्ठे) प्रति गलत एकाएक गलत आरोप लागेको छ ।
केहि संचारमाध्यममा एक्कासी भद्रगोलले कलाकारलाइ श्रमशोषण गर्यो र युवती शोषण गर्ने गरेको भन्ने समाचार भाइरल बनेर आए पछीको निर्देशक संकर आचार्य (बरिस्ठे)लाइ सम्पर्क गर्यो र सोध्दा उहाले भन्नु भयो “जति खेर यो गलत् समाचार आयो म काठमाण्डौ बाहिर श्रीमतीको साथमा थिए।निकै ढिला साथीहरु द्वारा समाचारको बारेमा थाह पाए र अत्यान्त् दुखि भए भए उल्टै म एकाएक दुखी र चिन्तित भएको देखेर श्रीमतीले भनिन हजुर किन टेन्सन लिनु हुन्छ ?किन दुखि हुनुहुन्छ ?खाको बिषपो नखाको बिषत् लाग्दैननि ,हजुर सहि हुनुहुन्छ हजुरबाट गलत काम हुदैन र आज सम्म भाको पनि छैन ।राम्रो संग ड्राइभ गर्नुस भनेर श्रीमतीले भनिन र तर म त्यस्तो गलत र झुटो समाचार आएकोमा अझैपनि दुखिनै थिए त्यो ठाउमा इन्टरनेट थिएन र म सिधै राजधानी फर्किए र बेलुका अनलाइन हेरे त्यो बेला अहियात र गलत समाचार अनलाइनमा भाइरल बहेको देखेर आफै चकित भए । जिबनमा आमा बुबाको मृत्युमा जति दुखित थिए त्यो भन्दा पनि बढी दुख त्यो गतल समाचार सम्प्रेसन भएकोमा भए ।म जस्तो सिधा सादा र रगत पसिना बगाएर यहा सम्म आइपुगेको असल र इमान्दार व्यक्तिलाई झुटा आरोप लगाएर बदनाम गर्ने नियत थाह पाउदा केहि समयत दिमाग सुन्य भयो केहि कामनै गरेन जसले गलत समचार दिन्छ तेस्को चाइ नाम गोप्य राख्ने जसले जन्मे देखि आज सम्म कठोर परिश्रम र सकारात्मक सोचका साथ संघर्ष गरेर यहा सम्म आइपुगेको छ त्यो निर्दोश व्यक्तिलाई चाहि दोसी भनेर झुटो लान्छना लगाएर प्रस्ट नाम किटान गरि चरित्र हत्या गर्नु कहा सम्मको न्याय हो ? कलम हातमा छ भन्दैमा के कलमले जे पनि लेख्न पाउछ ?त्यसो हो भनेत न्यायादिसको हातमा कलम हुन्छ उसले पनि दोसिलाई निर्दोष र निर्दोषीलाई दोसी भनेर जे फैसला सुनाइदिए पनि भैहाल्छनि ।एउटा सर्वोच्च सस्थाको सर्वोच्च व्यक्तिले समेत कति बहस गरेर प्रकिया पुर्याएर सबुत प्रमाणका आधारमा फैसला गर्छ भने एउटा कलम हातमा छ भन्दैमा जसको जे पनि लेखेर अरुको चरित्र हत्या गर्न पाइन्छ ?संसारमा सबै भन्दा ठुलो कुरो इज्जत हो इज्जतले पैसो कमाउन सकिन्छ तर पैसोले इज्जत कमाउन सकिदैन भनेर पैसा भन्दा आफ्नो इज्जतलाईनै सर्बोपरी ठानेर हिडिरहेको म जस्तो व्यक्तिलाई किन एस्तो बदनाम गर्ने काम गरियो ।यस्तो झुटो र असत्य कुरालाई बिना सपुत प्रमाण र हावाको भरमा जे पायो तेही लेखेर मेरो चरित्र हत्या गरि बदनाम गर्ने काम गरेकोमा उत्क समाचार प्रति मेरो गम्बिर ध्यानाकर्षण र घोर आपति छ” ।यसरी कलाकारको बदनाम गर्ने केहि संचारमाध्यमकै कारण कतिपय कलाकारहरुको चरित्र हत्या भएको कारण बिगतमा केहि कलाकारहरुले सो दुखत समाचार सहन नसकी आत्महत्या गरेको उदाहरणपनि हामीले देखे सुनेका छौ यस्तो गलत समाचार आदान प्रदान गर्ने कार्यको हामि कामना गर्दछौ छिटै निराकरण होस् ।