ओली नेतृत्वको सरकार नेपाल र नेपालीको हितमा : काँग्रेस नेतृ कोइराला

ओली नेतृत्वको सरकार नेपाल र नेपालीको हितमा : काँग्रेस नेतृ कोइराला

  • बुधबार, जेष्ठ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

भक्तपुर, १२ जेठ ।

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक सावित हुने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोईरालाले केपी ओली नेतृत्वको सरकारले लिएको आर्थिक, सामाजिक विकासको योजना नेपाल र नेपालीको हितमा भएको धारणा राख्नुभयो ।

उहाँले तत्काल सरकार परिवर्तन गरिए विकासको बाटाहरु बन्द हुने भएकाले सरकार परिवर्तनको खेलमा नलाग्न आग्रह गर्नुभयो ।

कोइरालाले स्थानिय निकायको निर्वाचन गर्ने मिति सरकारले तोकेता पनि एमालेले नचाहेको भन्दै यदि एमालेले स्थानिय निकायको निर्वाचनको तयारी गर्ने भए प्रतिपक्ष काँग्रेसलाई छलफलमा बोलाउनु पर्ने तर त्यसो नभएको उहाँले बताउनु भयो ।
स्थानिय निकायको निर्वाचन हुन नसक्दा जताततै भ्रष्टाचार मौलाएकाले समेत स्थानिय निकायका निर्वाचन सबैको आवश्यकता रहेको उहाँको टिप्पणी छ ।

प्राधिकरणका काम सुस्त गतिमा भएको गुनासो गर्दैै बर्खाको समयमा भुकम्पपिडितहरुका लागि केहि गर्न नसक्दा नकारात्मक असर पार्ने भएकाले सरकारले पूनर्निर्माणको कामलाई तिब्रता दिन नेपाली सेना लगायत अन्य युवा दस्ताहरुलाई स्वयम सेवकका रुपमा परिचालन गर्न सक्नु पर्ने कोइरालाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ