काठमाडौ १२ जेठ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको हर्कपुरमा आज बिहान कामदार बोको मिनी ट्रक दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।
सल्यानबाट काठमाडौका लागि छुटेको बा २ क ११ ३७ नम्बरको मिनि ट्रक गैंडाकोट नगरपालिका ११ स्थित हर्कपूरमा विहान ५ बजे दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भिर घाइते भएका दुई जनाको भरतपूरस्थि मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
मृतकहरुको सनाखत हुन नसकेको प्रहरी हवल्दार कमल कुवरले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएकाहरुको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline