गठबन्धनले आज बालाजु बाइपासमा प्रदर्शन गर्ने

गठबन्धनले आज बालाजु बाइपासमा प्रदर्शन गर्ने

  • बुधबार, जेष्ठ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौ १२ जेठ ।

आन्दोलनरत मधेशी मोर्चा तथा विभिन्न जनजाति दल आवद्ध संघिय गठबन्धनले आज राजधानीको बलाजु बाइपासमा विरोध प्रदर्शन गर्दैछ ।

संविधानका विभिन्न बुँदामा असन्तुष्टी जनाउदै राजधानी केन्द्रित आन्दोलन जारी राखेको गठबन्धनले अपरान्न ४ बालाजुमा सभा गर्ने तयारी गरेको हो ।

अपरान्न ३ बजे बालाजु चोकबाट र्याली सहित बाइपास पुगी सभामा परिणत हुने गठबन्धनका नेताहरुले बताएका छन् । सभालाई गठबन्धन आवद्ध दलका शिर्षस्थ नेताहरुले सम्बोधन गर्नेछन् ।

सरकारले आह्वान गरेको सर्वपक्षीय बैठक बहिस्कार गरी आन्दोलनलाई निरन्तरता दिएको गठबन्धनले प्रदेश सिमांकनमा हेरफेर, पहिचान सहितको संघियता लगायतका माग अघि सार्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ