संविधान कार्यान्वन हुन नदिन बाह्य तथा आन्तरीक चलखेल : गृहमन्त्री वस्नेत

संविधान कार्यान्वन हुन नदिन बाह्य तथा आन्तरीक चलखेल : गृहमन्त्री वस्नेत

  • मङ्लबार, जेष्ठ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ ,११ जेठ ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्र र बाहिरबाट संविधान कार्यान्वन हुन नदिन ठूलो चलखेल भैरहेको दावी गर्नुभएको छ । जाजरकोटको एक कार्यक्रममा वोल्नुहुदै उहाँले चलखेललाई परास्त गरी सहज रुपमा संविधान कार्यान्वयन गर्न राष्ट्रिय सरकारको आवश्यता रहेको बताउनु भयो ।

संविधान निर्माण प्रक्रियामा सहभागी भएका पार्टीहरु एकै ठाउँमा बसेर सरकार बनाउँदा उपयुक्त हुने उहाँले बताउनु भयो । शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगारी नागरिकको मौलिक आवश्यकता भएको भन्दै राज्यले यसको सदुपयोग गर्नुपर्ने बताउनु भयो ।

उहाँले सरकार परिवर्तन भन्दा राष्ट्रिय सरकार गठन गरेर जाँदा संविधान कार्यान्वयनमा सहज हुने र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सरकारको आवश्यकता भएको मन्त्री बस्नेतको भनाई रहेको थियो अहिलेको सरकारमा कांग्रेस सहभागी हुँदा देशले छिटो निकास पाउने मन्त्री बस्नेतको दावी रहेको थियो ।

संविधानबारे विभिन्न दलका आआफ्नै असंन्तुष्टी रहको र यो संविधान सहमतीको दस्तावेज भएकोले कार्यान्वयनमा सबै पक्षको सहयोगको आवश्यक रहेकोा समेत उहाँले वताउनुभयोे । मन्त्री बस्नेतले मधेसीको समस्या वार्ताबाटै समाधान हुने भन्दै दलहरुसँग केही नमिलेका कुरा भए संविधान संशोधन गर्न सकिने समेत उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ