सर्वदलिय वैठक बिना निष्कर्ष टुङ्गियो

सर्वदलिय वैठक बिना निष्कर्ष टुङ्गियो

  • मङ्लबार, जेष्ठ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ ,११ जेठ ।
मधेशी मोर्चाका मागका सम्बन्धमा छलफल गर्न सरकारले बोलाइएको बैठक ठोस धारणा नबनाएरै टुंगिएको छ । आज सिंहदबारमा बसेको बैठकमा मोर्चा अनुपस्थित भएपछि बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।

मोर्चा बाहेक बैठकमा उपस्थित रहेका दलहरुबीच भने अहिले सम्मका प्रगतिहरुका विषयमा ब्रिफिङ गर्ने र आफ्नो धारणा राख्ने काम भएको थियो ।

बैठकपछि नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले आजसम्म भएका प्रगतिको व्रिफिङ गर्ने काम भएको र वार्ता निरन्तर जारी राखिने बताउनुभयो ।

त्यस्तै कानुनमन्त्री अग्नी खरेलले मधेशी मोर्चाले ३० गते पठाएको पत्रको आधारमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको दावी गर्नुभयो ।

उपप्रधान तथा परारष्ट्रमन्त्री कमल थापाको नेतृत्वको कार्यदलसँग मोर्चाले वार्ता नगर्ने अडान कसिरहेका बेला सरकारले त्यसमा पनि लचकता अपनाएर रिभ्यु गर्न सकिने संकेत पनि गरेको छ ।

आजको बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महेश आचार्य रहेका थिए भने यस्तै एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ प्रकाशसँगै रामबहादुर थापा बादल र मातृका यादव पनि उपस्थित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ