काठमाडौ ,११ जेठ ।
संसदको अर्थ समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित समितिको कार्यलयमा दिउँसो एक बजेपछि बस्ने बैठकमा बैंकिङ कसुरसहित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको प्रतिवेदन पेश हुनेछ ।
अर्थ समिति अन्तरगत उपसमितिले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ संशोधन गर्न बनेको विधेयकको दफाबार छलफलपछि समितिको पूर्ण बैठकमा पेश गर्ने तयारी भएको हो ।
प्रतिवेदन अनुसार प्रस्तावित बैंकिङ कसुरमा बिगो अनुसारको सजाय प्रस्ताव गरिएको छ । जसअनुसार एक अर्ब भन्दा बढी बैंकिङ कसुर गर्नेलाई १० देखि १२ वर्षसम्म जेल सजाय तोकेको छ ।
अर्थ समितिले प्रतिवेदन पास गरेपछि विधेयक पारित गराउन संसदको आगामी बैठकमा पेश हुनेछ । आजको बैठकमा कर्मचारी सन्चय कोष ऐन, निक्षेप तथा कर्जा सुरक्षण ऐनको विधेयकको प्रतिवेदन पनि पेश गर्ने तयारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline